Wednesday, December 12, 2012


गजल :



तड्पिएर सम्झनामा, जीवन कट्न गाह्रो भो रे !
उर्लिन्छ रे मनमा संधै, सावन घट्न गार्हो भो रे !!

भन्थिन पैले - दुनियाँ नै नचाईदिन्छु हत्केलामा, 
कठै ! ऐले अन्जुलिमा, आँशु अट्न गार्हो भो रे !

धनले मन किन्छु भन्ने फुर्ती थियो धेरै उन्को ,
हुन्न रै'छ,  पैसा संग खुशी सट्न गार्हो भो रे !

आजकल बल्ल भन्दैछिन रे- बाँच्दिन म 'हमाल' बिना, 
जिन्दगीको अँध्यारो त्यो रात हट्न गार्हो भो रे !  


05 dec. 2012 
Seoul, South Korea

Monday, September 17, 2012

किन मुटु दु:ख्छ भन्थें, तीजको दर पो दुख्या रै'छ !
चेलीहरू संगै बस्ने मनको रहर पो दुख्या रै'छ ! 
जीवन पाल्ने धुनमा आज, परदेशी भो कान्छो भाई,
दिदी- बहिनी आउँदा रित्तो - मेरै घर पो दुख्या रै'छ !! :( :( :(

whatever else, wanna wish a very very "ह्याप्पी तीज" to all Nepalese Sisters & Brothers .. :)

Thursday, September 13, 2012



"घरकी आमालाई रुवाएर,
मन्दिरकी आमालाई फूल चढाउनेहरु हो !
याद राख !
तिम्रो भक्तिले-
मन्दिरकी आमा खुशी होलिन- नहोलिन,
तर,
घरकी आमाको आँशुले तिम्रो सबै खुशी बगाउने छ !"

- Hamal "express"
Photo: "घरकी आमालाई रुवाएर,
मन्दिरकी आमालाई फूल चढाउनेहरु हो !
याद राख !
तिम्रो भक्तिले-
मन्दिरकी आमा खुशी होलिन- नहोलिन,
तर, 
घरकी आमाको आँशुले तिम्रो सबै खुशी बगाउने छ !"

- Hamal "express"

Sunday, July 15, 2012

गजल :



तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!

परी जस्तै उड्छ्यौ तिमि  मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!

खुलेकी छ्यौ  बिहानीको गुलाव झैं आहा ! 
सुहाउँदैन सोंच !  सिउँदो खाली  कस्तो होला ?

बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी 
नौमतीमा  झुम्दै बज्ने ताली कस्तो होला !

जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली  कस्तो होला !!



-HML.

१५ जुलाई २०१२ .

Sunday, July 1, 2012


पुछेर आफ्नो आँखाको आँसु-
मुस्कुराऊ त केही हुन्छ पक्कै !
शीर झुकाएर केही हुँदैन यहाँ-
शीर उठाऊ त केही हुन्छ पक्कै ..!!

- हमाल "express"

Wednesday, June 13, 2012


सजियौ की कतै सुनमा खोजिरहन्छु ..
गुन्गुनाउँदै गीतको धुनमा खोजिरहन्छु ..

सबै भन्छन- तिमि त 'जून' जस्ती छ्यौ रे !
त्यसैले त तिमीलाई 'जून'मा खोजिरहन्छु .. ..

Photo: सजियौ की कतै सुनमा खोजिरहन्छु ..
गुन्गुनाउँदै गीतको धुनमा खोजिरहन्छु ..
 
सबै भन्छन- तिमि त 'जून' जस्ती छ्यौ रे !
त्यसैले त तिमीलाई 'जून'मा खोजिरहन्छु ..  ..

Saturday, May 19, 2012


तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !

परी जस्तै उड्छ्यौ तिमि- मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !! ;)
 

Sunday, May 6, 2012


गजल :

तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो !
जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. !!

सँगै थियौं, खुशी फुल्थ्यो, सजिलो 'थ्यो जीवन यात्रा,
एक्ला - एक्लै भयो साथ छुटेपछि आँशु झर्यो !

नफक्रदै ओईली झर्यो, रहर सबै कोपिला मै
नियतिले हाँसो खुशी लुटेपछि आँशु झर्यो !

टुक्रा - टुक्रा पर्दैछु म, आँशु सँगै झर्दै छु म
आफ्नै माया आँफै संग रुटेपछि आँशु झर्यो !

सम्हालेर राखुँ भन्छु, अनायासै दुख्छ मन,
मै माथि नै राहु-केतु जुटेपछि आँशु झर्यो !

तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो ..
जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. .. :((

Sunday, December 11, 2011

कविता

कविता : 'सपनाहरुको चिहान..'

by Hamal Thakuri on Wednesday, December 7, 2011 at 3:24pm
मन्दिर ,
मस्जिद ,
चर्च र गुम्बाहरु मा -
शान्ति जप्दै तिमी
पुजा-पाठ गर, या-
बली चढाऊ ..
परेवा उडाऊ, या -
लाख दियो जलाऊ !
न त तिमी पापको भागिदार छौ,
न त तिमी पुण्य नै कमाउछौ !
किन की-
यहाँ बाट त -
भगवानले बसाइ सरिसकेकाछन !

यी त -
त्यस्ता राक्षसी अखडा भैसके -
जहाँ बाट,
हत्या, हिंसा ..
लुट, बलात्कार..
अपहरण..
अशान्ति र
युद्धका भीषण योजना बुनिन्छन !

फेरि -
द्वन्द चर्किन्छन ..
हिंसा फैलिन्छन ..
कैयौं काख रित्तिन्छन ..
कैयौं सिन्दुर पुछिन्छन ..
कैयौंका ईज्जत लुटिन्छन ।
अनी-
असुरक्षा,
अशान्ति र
दर्दनाक भयावहको त्रासादी छाउँछ !

त्यसैले,
यहाँ फेरि
कुनै सपना नबिछ्याउ तिमी !
यी त तिनै चिहानहरु हुन -
जहाँ,
मेरा हजारौं सपनाहरुको
निर्मम र पासविक हत्या भएको थियो ।

हमाल "express "
०७ डिसेम्बर २०११

गजल :

गजल :

by Hamal Thakuri on Saturday, December 10, 2011 at 4:36pm
 
 
स्रिष्टीको आफ्नै विधित्व सम्झाएँ !
उनलाई जिवनको दायित्व सम्झाएँ !

उनले बादलको आयु सोधिन् ,
सागरमा पानीको अस्तित्व सम्झाएँ !

सुन्दर संसारको राज के ? सोधिन् ,
माया बिना दुनियाँ यो रित्तो सम्झाएँ !

आलिसान महलको रहर पोखिन्
मृत्‍यु नै जिवनको स्वामित्व सम्झाएँ !

Hamal express 'युग'
१० डिसेम्बर २०११.