गजल


गजल :

by Hamal Thakuri posted on Tuesday, December 12, 2012 at 6:47pm 

तड्पिएर सम्झनामा, जीवन कट्न गाह्रो भो रे !
उर्लिन्छ रे मनमा संधै, सावन घट्न गार्हो भो रे !!

भन्थिन पैले - दुनियाँ नै नचाईदिन्छु हत्केलामा, 
कठै ! ऐले अन्जुलिमा, आँशु अट्न गार्हो भो रे !

धनले मन किन्छु भन्ने फुर्ती थियो धेरै उन्को ,
हुन्न रै'छ,  पैसा संग खुशी सट्न गार्हो भो रे !

आजकल बल्ल भन्दैछिन रे- बाँच्दिन म 'हमाल' बिना, 
जिन्दगीको अँध्यारो त्यो रात हट्न गार्हो भो रे !  


- हमाल  "express"
05 dec. 2012 




गजल :


तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो !

जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. !!


सँगै थियौं, खुशी फुल्थ्यो, सजिलो 'थ्यो जीवन यात्रा,

एक्ला - एक्लै भयो साथ छुटेपछि आँशु झर्यो !


नफक्रदै ओईली झर्यो, रहर सबै कोपिला मै

नियतिले हाँसो खुशी लुटेपछि आँशु झर्यो !


टुक्रा - टुक्रा पर्दैछु म, आँशु सँगै झर्दै छु म

आफ्नै माया आँफै संग रुटेपछि आँशु झर्यो !


सम्हालेर राखुँ भन्छु, अनायासै दुख्छ मन,

मै माथि नै राहु-केतु जुटेपछि आँशु झर्यो !


तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो ..

जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. .. :((



-हमाल ठकुरी

४ मई, २०१२  








गजल : 

स्रिष्टीको आफ्नै विधित्व सम्झाएँ !

उनलाई जिवनको दायित्व सम्झाएँ !

उनले बादलको आयु सोधिन् ,

सागरमा पानीको अस्तित्व सम्झाएँ !

सुन्दर संसारको राज के ? सोधिन् , 

माया बिना दुनियाँ यो रित्तो सम्झाएँ ! 

आलिसान महलको रहर पोखिन्

मृत्‍यु नै जिवनको स्वामित्व सम्झाएँ !

Hamal express 'युग'

१० डिसेम्बर २०११





गजल- १ (दशैं को सम्झना..)



दु:ख लुकाइ हाँस्छु भन्दा, पिडाले झन थिच्ने भयो !
अर्को एउटा दशैं फेरी, सम्झना मै बित्ने भयो !

अनायासै आज फेरी, परदेशीको यो मन भरी
अतित का याद हरु- काँडा बनी बिझ्ने भयो'
अर्को एउटा दशैं फेरी, सम्झना मै बित्ने भयो !

छोरा मेरो आउला भनी, आशमा बस्ने मुमा ज्यु को
मनमा फेरी चोट थप्दै- परेली त्यो भिझ्ने भयो'
अर्को एउटा दशैं फेरी, सम्झना मा बित्ने भयो !

साथी भाई, इस्ट-मित्र, दु:ख-सुख बाँडी सारा
बसेका ती पलहरुले- यो मन तेतै खिच्ने भयो'
अर्को एउटा दशैं फेरी, सम्झना मै बित्ने भयो !

घरमा सबलाई देख्ने मन छ, साथी-भाईलाई भेट्ने मन छ
अर्को साल त आउछु पक्कै, भन्दै जीबन बित्ने भयो'
अर्को एउटा दशैं फेरी, सम्झना मै बित्ने भयो ..!!!

-हमाल ठकुरी
07 Sep. 2010
****************************