Saturday, April 15, 2017

गजल

परदेशीको याद जस्ले सुहागमा राख्छ
भरोसा हुलाकि त्यै कागमा राख्छ

नजर लाग्ला दुनियाँको भनेरै होला
जूनले पनि आँफुलाई दागमा राख्छ

खोज्दा रैछन वैंशमा लुटिन आफै क्वै
फूलले पनि जवानी परागमा राख्छ

खुशी हुन त आत्म सन्तुष्टि चाहिन्छ
खुशी हुन्न जो पैसा दिमागमा राख्छ

'हमाल' पनि यस्तो कमाल गर्छ प्रिया
सुख बाँड्छ दु:ख आफ्नो भागमा राख्छ

#आँशु_गजल by -
हमाल express