Monday, October 14, 2013

गजल :

निधारमा सप्तरंगी नलाएकै राम्रो बरु
परदेशीलाई दशैं-तिहार नआएकै राम्रो बरु !

यसपाली नी' अधुरो भो घर जाने मन्को रहर्
पाउनु भन्दा यस्तो जीवन् नपाएकै राम्रो बरु !

भन्थें- प्रिय ! बेहुली झैं सजाउने छु अर्को दशैं
यस्ता रहर् मनभरी नछाएकै राम्रो बरु !

जीवन् धान्यौं सधैभरी गुन्द्रुक र ढिंडो खाई
रिन् काढेर खसी काटी नखाएकै राम्रो बरु !

निराश होलान् दीदी-बैनी आमा उस्तै रुँदै होलिन
यस्तो बेला देउसी-भैलो नगाएकै राम्रो बरु !

जन तन चलेकै'थ्यो स्वदेशमै साँझ-बिहान,
सम्झिएर रुन परदेश नधाएकै राम्रो बरु !

निधारमा सप्तरंगी नलाएकै राम्रो बरु
परदेशीलाई दशैं-तिहार नआएकै राम्रो बरु !

हमाल "express"
सम्झनाको आँखीझ्याल बाट चियाउँदै परदेश बाट  ..



http://www.youtube.com/watch?v=rNC2pdJZVMo