Hamal is an equinox star. Also known as Alpha Arietis - lights up the eastern sky on autumn evenings, shines high in the southern sky on winter evenings, and sits in the west on early spring evenings.
Sunday, April 3, 2011
जीन्दगी जिउने सवाल मा समयको पदचाप सँगै बग्दै आउँदा पार गरिएका अनेकन आरोह-अवरोह हरु सँगै जीवनका हरेक मोडहरु एउटा अविस्मरणीय अतित बनेर छापिएका हुन्छन । भोलीको भविस्यको कुनै भरोसा छैन तर अतित र वर्तमानले छाप्दै गरेको इतिहास घरी-घरी बल्झिंदै गर्दा त्यस भित्र प्रतिबिम्बित सबै उतार-चढावहरु जीवनको चक्र बनेर मानसपटलमा घुमिरहन्छन । जीवनको त्यो कहानी सँग सम्बन्धित पात्र त पक्कै पनि अनविज्ञ हुँदैन, तर अन्य बुझ्न खोज्ने मनहरु पर्दा बाहिर रहन्छन । त्यो संवेग, जसलाई, एउटा तस्बिर ऐनामा उतारे जस्तै छर्लङ पारेर अक्षरमा कोरेर ब्यक्त गर्न सकिदैन पक्कै पनि, तर, केही हद सम्म भए पनि जीवनका ती झंकारहरु सबैले बुझ्न सक्ने गरी सम्झनाको चौघेरामा समेट्ने प्रयास गर्दैछु, यहाँबाट सम्पूर्ण रुपमा नभए पनि धेरै-थोरै मात्रामा जीवन गोरेटाका हरेक पाईलाहरु सँगै उब्जिएका भावनाहरु जान्न उत्सुक मनहरुलाई पढ्ने/बुझ्ने अवसर मिल्नेछ भन्ने आशा राख्दै हार्दिक स्वागत अभिवादन गर्दछु, मेरो जीवनको पुस्तकका यी पानाहरु पल्टाउने हजुरहरु सबैलाई ..!!