Sunday, December 11, 2011

कविता

कविता : 'सपनाहरुको चिहान..'

by Hamal Thakuri on Wednesday, December 7, 2011 at 3:24pm
मन्दिर ,
मस्जिद ,
चर्च र गुम्बाहरु मा -
शान्ति जप्दै तिमी
पुजा-पाठ गर, या-
बली चढाऊ ..
परेवा उडाऊ, या -
लाख दियो जलाऊ !
न त तिमी पापको भागिदार छौ,
न त तिमी पुण्य नै कमाउछौ !
किन की-
यहाँ बाट त -
भगवानले बसाइ सरिसकेकाछन !

यी त -
त्यस्ता राक्षसी अखडा भैसके -
जहाँ बाट,
हत्या, हिंसा ..
लुट, बलात्कार..
अपहरण..
अशान्ति र
युद्धका भीषण योजना बुनिन्छन !

फेरि -
द्वन्द चर्किन्छन ..
हिंसा फैलिन्छन ..
कैयौं काख रित्तिन्छन ..
कैयौं सिन्दुर पुछिन्छन ..
कैयौंका ईज्जत लुटिन्छन ।
अनी-
असुरक्षा,
अशान्ति र
दर्दनाक भयावहको त्रासादी छाउँछ !

त्यसैले,
यहाँ फेरि
कुनै सपना नबिछ्याउ तिमी !
यी त तिनै चिहानहरु हुन -
जहाँ,
मेरा हजारौं सपनाहरुको
निर्मम र पासविक हत्या भएको थियो ।

हमाल "express "
०७ डिसेम्बर २०११