गीत: 'आमा' तिम्रो याद आयो ..
गीत: 'आमा' तिम्रो याद आयो ..
कती मिठो साथ थियो, तिम्रै न्यानो काख थियो,
हँसाए'नी, रुवाए'नी, साँच्चै मलाई लाख थियो,
तर आज साथ छुट्यो- दैबको यो घात लायो !
फेरी मुटु भारी भयो- 'आमा' तिम्रो याद आयो !
जन्मिएर तिम्रै काखमा, हुर्कें, कती माया पाएँ ,
भोक तिर्खा चर्किंदा झन, तिम्रै सितल छाँया पाएँ ,
आज किन टाढा भयौ- दिन पनि रात भयो !
फेरी मुटु भारी भयो- 'आमा' तिम्रो याद आयो !
मलाई खुशी राख्न तिम्ले, कती दु:ख गर्यौ, हैन !
कती धेरै सताएँ नी' खुशी साथ सह्यौ हैन !
आँशु झर्दा गहभरी- पुछ्ने तिम्रै हात थियो !
फेरी मुटु भारी भयो- 'आमा' तिम्रो याद आयो !
सम्झनामा कोल्टो फेर्छन, ममता ति मिठा लाग्छन ,
तिम्रो नाम सम्झिन्छु म, अरु शब्द फिक्का लाग्छन,
जीवन सँग भिज्दै जाँदा- तिम्रै हरेक बात लायो !
फेरी मुटु भारी भयो- 'आमा' तिम्रो याद आयो ..!!
हमाल "express"
१८ फेब्रुअरी २०११