कविता : 'सपनाहरुको चिहान..'
by Hamal Thakuri on Wednesday, December 7, 2011 at 3:24pm
मन्दिर ,
मस्जिद ,
चर्च र गुम्बाहरु मा -
शान्ति जप्दै तिमी
पुजा-पाठ गर, या-
बली चढाऊ ..
परेवा उडाऊ, या -
लाख दियो जलाऊ !
न त तिमी पापको भागिदार छौ,
न त तिमी पुण्य नै कमाउछौ !
किन की-
यहाँ बाट त -
भगवानले बसाइ सरिसकेकाछन !
यी त -
त्यस्ता राक्षसी अखडा भैसके -
जहाँ बाट,
हत्या, हिंसा ..
लुट, बलात्कार..
अपहरण..
अशान्ति र
युद्धका भीषण योजना बुनिन्छन !
फेरि -
द्वन्द चर्किन्छन ..
हिंसा फैलिन्छन ..
कैयौं काख रित्तिन्छन ..
कैयौं सिन्दुर पुछिन्छन ..
कैयौंका ईज्जत लुटिन्छन ।
अनी-
असुरक्षा,
अशान्ति र
दर्दनाक भयावहको त्रासादी छाउँछ !
त्यसैले,
यहाँ फेरि
कुनै सपना नबिछ्याउ तिमी !
यी त तिनै चिहानहरु हुन -
जहाँ,
मेरा हजारौं सपनाहरुको
निर्मम र पासविक हत्या भएको थियो ।
हमाल "express "
०७ डिसेम्बर २०११

मस्जिद ,
चर्च र गुम्बाहरु मा -
शान्ति जप्दै तिमी
पुजा-पाठ गर, या-
बली चढाऊ ..
परेवा उडाऊ, या -
लाख दियो जलाऊ !
न त तिमी पापको भागिदार छौ,
न त तिमी पुण्य नै कमाउछौ !
किन की-
यहाँ बाट त -
भगवानले बसाइ सरिसकेकाछन !
यी त -
त्यस्ता राक्षसी अखडा भैसके -
जहाँ बाट,
हत्या, हिंसा ..
लुट, बलात्कार..
अपहरण..
अशान्ति र
युद्धका भीषण योजना बुनिन्छन !
फेरि -
द्वन्द चर्किन्छन ..
हिंसा फैलिन्छन ..
कैयौं काख रित्तिन्छन ..
कैयौं सिन्दुर पुछिन्छन ..
कैयौंका ईज्जत लुटिन्छन ।
अनी-
असुरक्षा,
अशान्ति र
दर्दनाक भयावहको त्रासादी छाउँछ !
त्यसैले,
यहाँ फेरि
कुनै सपना नबिछ्याउ तिमी !
यी त तिनै चिहानहरु हुन -
जहाँ,
मेरा हजारौं सपनाहरुको
निर्मम र पासविक हत्या भएको थियो ।
हमाल "express "
०७ डिसेम्बर २०११
कविता: 'खरानी परिसकेको म'..
गरीब मनको मझेरीमा,
ढल्किएका झुप्राहरुमा,
दयाको शीखा बोकी
सहानुभुतिको टेको दिंदै-
कतिन्जेल पो सक्छ्यौ होला ?
सहाराको साईनो लाउन //
तप्प-तप्प,
चुहिने छानोबाट,
साउनको झरी बनी,
बर्सिएका पीडा सँगै
निथ्रुक्कै भिजे पछी-
कसरी पो सक्छ्यौ होला ?
एक 'पुष'को जाडो थाम्न //
आहाल परेको-
चिसो पिंढीमा,
चाहनाको काँचो ढिंडो
दु:ख सँगै पिंडो पारी-
भावनाको पेट भरेर
कसरी पो सक्छ्यौ होला ?
एक सरो जीवन जिउन //
भो, भो,
तिमी नगर भो;
स्वार्थी यो दुनियाँमा,
करुणाको खोल ओढेर
ब्यर्थै तिमी मेरो सामु
बल्झिएका दु:ख साट्न-
मान्छे बन्ने कोशीश नगर भो //
होइन भने ,
मेरा दु:खका तालहरुमा
तिम्रा मिठा खुशीहरु
डुबेर मर्न सक्छन ..//
मेरो विबशताको
बाढी पहिरोले -
तिम्रा सुनौला आशाहरु
लथालिंग बगाउन सक्छन ..//
मेरो दर्दनाक कहानीको
बेजोड आँधी हुरीले-
तिम्रो संसार उजाडिन सक्छ..//
त्यसैले त,
भन्दैछु म-
लुटिएको छ सब थोक म बाट
शुन्य छ मेरो संसार
ऊजाडिएको छ मेरो दुनियाँ
बिना सित्तै मेरो छेउमा तिमी
मायाको सलाई नकोर भो
खरानी परिसकेको मलाई
फेरी अरु डढाउनलाई ..~~~!!!
हमाल 'express'
**०९/'००९,