गजल :
तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!
परी जस्तै उड्छ्यौ तिमि मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!
खुलेकी छ्यौ बिहानीको गुलाव झैं आहा !
सुहाउँदैन सोंच ! सिउँदो खाली कस्तो होला ?
बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी
नौमतीमा झुम्दै बज्ने ताली कस्तो होला !
जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली कस्तो होला !!
-HML.
१५ जुलाई २०१२ .
तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!
परी जस्तै उड्छ्यौ तिमि मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!
खुलेकी छ्यौ बिहानीको गुलाव झैं आहा !
सुहाउँदैन सोंच ! सिउँदो खाली कस्तो होला ?
बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी
नौमतीमा झुम्दै बज्ने ताली कस्तो होला !
जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली कस्तो होला !!
-HML.
१५ जुलाई २०१२ .