Monday, October 14, 2013

गजल :

निधारमा सप्तरंगी नलाएकै राम्रो बरु
परदेशीलाई दशैं-तिहार नआएकै राम्रो बरु !

यसपाली नी' अधुरो भो घर जाने मन्को रहर्
पाउनु भन्दा यस्तो जीवन् नपाएकै राम्रो बरु !

भन्थें- प्रिय ! बेहुली झैं सजाउने छु अर्को दशैं
यस्ता रहर् मनभरी नछाएकै राम्रो बरु !

जीवन् धान्यौं सधैभरी गुन्द्रुक र ढिंडो खाई
रिन् काढेर खसी काटी नखाएकै राम्रो बरु !

निराश होलान् दीदी-बैनी आमा उस्तै रुँदै होलिन
यस्तो बेला देउसी-भैलो नगाएकै राम्रो बरु !

जन तन चलेकै'थ्यो स्वदेशमै साँझ-बिहान,
सम्झिएर रुन परदेश नधाएकै राम्रो बरु !

निधारमा सप्तरंगी नलाएकै राम्रो बरु
परदेशीलाई दशैं-तिहार नआएकै राम्रो बरु !

हमाल "express"
सम्झनाको आँखीझ्याल बाट चियाउँदै परदेश बाट  ..



http://www.youtube.com/watch?v=rNC2pdJZVMo

Wednesday, December 12, 2012


गजल :



तड्पिएर सम्झनामा, जीवन कट्न गाह्रो भो रे !
उर्लिन्छ रे मनमा संधै, सावन घट्न गार्हो भो रे !!

भन्थिन पैले - दुनियाँ नै नचाईदिन्छु हत्केलामा, 
कठै ! ऐले अन्जुलिमा, आँशु अट्न गार्हो भो रे !

धनले मन किन्छु भन्ने फुर्ती थियो धेरै उन्को ,
हुन्न रै'छ,  पैसा संग खुशी सट्न गार्हो भो रे !

आजकल बल्ल भन्दैछिन रे- बाँच्दिन म 'हमाल' बिना, 
जिन्दगीको अँध्यारो त्यो रात हट्न गार्हो भो रे !  


05 dec. 2012 
Seoul, South Korea

Monday, September 17, 2012

किन मुटु दु:ख्छ भन्थें, तीजको दर पो दुख्या रै'छ !
चेलीहरू संगै बस्ने मनको रहर पो दुख्या रै'छ ! 
जीवन पाल्ने धुनमा आज, परदेशी भो कान्छो भाई,
दिदी- बहिनी आउँदा रित्तो - मेरै घर पो दुख्या रै'छ !! :( :( :(

whatever else, wanna wish a very very "ह्याप्पी तीज" to all Nepalese Sisters & Brothers .. :)

Thursday, September 13, 2012



"घरकी आमालाई रुवाएर,
मन्दिरकी आमालाई फूल चढाउनेहरु हो !
याद राख !
तिम्रो भक्तिले-
मन्दिरकी आमा खुशी होलिन- नहोलिन,
तर,
घरकी आमाको आँशुले तिम्रो सबै खुशी बगाउने छ !"

- Hamal "express"
Photo: "घरकी आमालाई रुवाएर,
मन्दिरकी आमालाई फूल चढाउनेहरु हो !
याद राख !
तिम्रो भक्तिले-
मन्दिरकी आमा खुशी होलिन- नहोलिन,
तर, 
घरकी आमाको आँशुले तिम्रो सबै खुशी बगाउने छ !"

- Hamal "express"

Sunday, July 15, 2012

गजल :



तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!

परी जस्तै उड्छ्यौ तिमि  मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!

खुलेकी छ्यौ  बिहानीको गुलाव झैं आहा ! 
सुहाउँदैन सोंच !  सिउँदो खाली  कस्तो होला ?

बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी 
नौमतीमा  झुम्दै बज्ने ताली कस्तो होला !

जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली  कस्तो होला !!



-HML.

१५ जुलाई २०१२ .

Sunday, July 1, 2012


पुछेर आफ्नो आँखाको आँसु-
मुस्कुराऊ त केही हुन्छ पक्कै !
शीर झुकाएर केही हुँदैन यहाँ-
शीर उठाऊ त केही हुन्छ पक्कै ..!!

- हमाल "express"

Wednesday, June 13, 2012


सजियौ की कतै सुनमा खोजिरहन्छु ..
गुन्गुनाउँदै गीतको धुनमा खोजिरहन्छु ..

सबै भन्छन- तिमि त 'जून' जस्ती छ्यौ रे !
त्यसैले त तिमीलाई 'जून'मा खोजिरहन्छु .. ..

Photo: सजियौ की कतै सुनमा खोजिरहन्छु ..
गुन्गुनाउँदै गीतको धुनमा खोजिरहन्छु ..
 
सबै भन्छन- तिमि त 'जून' जस्ती छ्यौ रे !
त्यसैले त तिमीलाई 'जून'मा खोजिरहन्छु ..  ..

Saturday, May 19, 2012


तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !

परी जस्तै उड्छ्यौ तिमि- मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !! ;)