Hamal is an equinox star. Also known as Alpha Arietis - lights up the eastern sky on autumn evenings, shines high in the southern sky on winter evenings, and sits in the west on early spring evenings.
Wednesday, September 11, 2013
Sunday, September 8, 2013
Wednesday, December 12, 2012
गजल :
तड्पिएर सम्झनामा, जीवन कट्न गाह्रो भो रे !
उर्लिन्छ रे मनमा संधै, सावन घट्न गार्हो भो रे !!
भन्थिन पैले - दुनियाँ नै नचाईदिन्छु हत्केलामा,
कठै ! ऐले अन्जुलिमा, आँशु अट्न गार्हो भो रे !
धनले मन किन्छु भन्ने फुर्ती थियो धेरै उन्को ,
हुन्न रै'छ, पैसा संग खुशी सट्न गार्हो भो रे !
आजकल बल्ल भन्दैछिन रे- बाँच्दिन म 'हमाल' बिना,
जिन्दगीको अँध्यारो त्यो रात हट्न गार्हो भो रे !
05 dec. 2012
Seoul, South Korea
Monday, September 17, 2012
Thursday, September 13, 2012
Sunday, July 15, 2012
गजल :
तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!
परी जस्तै उड्छ्यौ तिमि मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!
खुलेकी छ्यौ बिहानीको गुलाव झैं आहा !
सुहाउँदैन सोंच ! सिउँदो खाली कस्तो होला ?
बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी
नौमतीमा झुम्दै बज्ने ताली कस्तो होला !
जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली कस्तो होला !!
-HML.
१५ जुलाई २०१२ .
तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!
परी जस्तै उड्छ्यौ तिमि मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!
खुलेकी छ्यौ बिहानीको गुलाव झैं आहा !
सुहाउँदैन सोंच ! सिउँदो खाली कस्तो होला ?
बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी
नौमतीमा झुम्दै बज्ने ताली कस्तो होला !
जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली कस्तो होला !!
-HML.
१५ जुलाई २०१२ .
Sunday, July 1, 2012
Wednesday, June 13, 2012
Saturday, May 19, 2012
Sunday, May 6, 2012
गजल :
तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो !
जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. !!
सँगै थियौं, खुशी फुल्थ्यो, सजिलो 'थ्यो जीवन यात्रा,
एक्ला - एक्लै भयो साथ छुटेपछि आँशु झर्यो !
नफक्रदै ओईली झर्यो, रहर सबै कोपिला मै
नियतिले हाँसो खुशी लुटेपछि आँशु झर्यो !
टुक्रा - टुक्रा पर्दैछु म, आँशु सँगै झर्दै छु म
आफ्नै माया आँफै संग रुटेपछि आँशु झर्यो !
सम्हालेर राखुँ भन्छु, अनायासै दुख्छ मन,
मै माथि नै राहु-केतु जुटेपछि आँशु झर्यो !
तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो ..
जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. .. :((
Subscribe to:
Posts (Atom)