Sunday, December 11, 2011

कविता

कविता : 'सपनाहरुको चिहान..'

by Hamal Thakuri on Wednesday, December 7, 2011 at 3:24pm
मन्दिर ,
मस्जिद ,
चर्च र गुम्बाहरु मा -
शान्ति जप्दै तिमी
पुजा-पाठ गर, या-
बली चढाऊ ..
परेवा उडाऊ, या -
लाख दियो जलाऊ !
न त तिमी पापको भागिदार छौ,
न त तिमी पुण्य नै कमाउछौ !
किन की-
यहाँ बाट त -
भगवानले बसाइ सरिसकेकाछन !

यी त -
त्यस्ता राक्षसी अखडा भैसके -
जहाँ बाट,
हत्या, हिंसा ..
लुट, बलात्कार..
अपहरण..
अशान्ति र
युद्धका भीषण योजना बुनिन्छन !

फेरि -
द्वन्द चर्किन्छन ..
हिंसा फैलिन्छन ..
कैयौं काख रित्तिन्छन ..
कैयौं सिन्दुर पुछिन्छन ..
कैयौंका ईज्जत लुटिन्छन ।
अनी-
असुरक्षा,
अशान्ति र
दर्दनाक भयावहको त्रासादी छाउँछ !

त्यसैले,
यहाँ फेरि
कुनै सपना नबिछ्याउ तिमी !
यी त तिनै चिहानहरु हुन -
जहाँ,
मेरा हजारौं सपनाहरुको
निर्मम र पासविक हत्या भएको थियो ।

हमाल "express "
०७ डिसेम्बर २०११

गजल :

गजल :

by Hamal Thakuri on Saturday, December 10, 2011 at 4:36pm
 
 
स्रिष्टीको आफ्नै विधित्व सम्झाएँ !
उनलाई जिवनको दायित्व सम्झाएँ !

उनले बादलको आयु सोधिन् ,
सागरमा पानीको अस्तित्व सम्झाएँ !

सुन्दर संसारको राज के ? सोधिन् ,
माया बिना दुनियाँ यो रित्तो सम्झाएँ !

आलिसान महलको रहर पोखिन्
मृत्‍यु नै जिवनको स्वामित्व सम्झाएँ !

Hamal express 'युग'
१० डिसेम्बर २०११.

गजल :

by Hamal Thakuri on Saturday, November 26, 2011 at 7:08am
चिसिएर मौसम् आजकल, सिर्सिर्-सिर्सिर मुटु छुने- जाडो बढेको छ प्रिय !
छैनौ तिमी अँगालोमा , फेरि उही बाक्लो लुगा- घाँडो बढेको छ प्रिय !!

तिम्लाई आफ्नो बनाएर, खुशि संगै जीवन् जिउने- रहर ज्युँ को त्युँ छ अझै,
पाकिसक्यो दाह्री-कपाल, यस्तो लाग्छ उमेर मात्र - चाँडो बढेको छ प्रिय !

परदेशी यी आँखाहरु, हेर्न खोज्छन घरि-घरी, बिडम्बना भुगोल कस्तो ?
चुलिएको देख्छु झनै , हाम्लाई छेक्न पहाडको त्यो- डाँडो बढेको छ प्रिय !

नरमाईलो लाग्छ जीवन, क्षितिज वारी-पारी हामी- छुट्टिएर बाँच्नु पर्दा
घोच्छ मुटु चस्स-चस्स, दुख्छ साँच्चै, बिछोडको- काँडो बढेको छ प्रिय !

चिसिएर मौसम् आजकल, सिर्सिर्-सिर्सिर मुटु छुने- जाडो बढेको छ प्रिय !
छैनौ तिमी अँगालोमा , फेरि उही बाक्लो लुगा- घाँडो बढेको छ प्रिय !! ;)

हमाल "express"
२५ नोवेम्बर २०११

उसले भन्यो- मायामा सबै चल्छ ..

उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- मायामा धोका चल्दैन !
इज्जत सँग खेलेर गरिने बद्नामी चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- मायामा विश्वाश घात् चल्दैन,
कसैको जीवन् माथि गरिने खेलवाड चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- मायामा गद्दारी चल्दैन,
आफ्नै भनेर गरिने बेईमानी चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- हो, हो ! सबै कुरा चल्छ,
जब, धोकेबाज सँग कमजोर दिलको केही जोर चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- अब त मायामा माया पनि चल्दैन,
विश्वाश, भरोसा, ईमान्दारी, केही/ अ'हँ; केही चल्दैन !!

-हमाल "express"
३० नोवेम्बर २०११
उन्लाई पनि अब 'दिवानी' बनाउँछु !
मेरो आँखाको प्यारो 'नानी' बनाउँछु !
बर्खा लाग्यो अब त झरी बन्छु-
रुझाउँछु उन्लाई, 'पानी-पानी' बनाउँछु..!!


हमाल express 'युग'
18/03/011