Sunday, December 11, 2011

कविता

कविता : 'सपनाहरुको चिहान..'

by Hamal Thakuri on Wednesday, December 7, 2011 at 3:24pm
मन्दिर ,
मस्जिद ,
चर्च र गुम्बाहरु मा -
शान्ति जप्दै तिमी
पुजा-पाठ गर, या-
बली चढाऊ ..
परेवा उडाऊ, या -
लाख दियो जलाऊ !
न त तिमी पापको भागिदार छौ,
न त तिमी पुण्य नै कमाउछौ !
किन की-
यहाँ बाट त -
भगवानले बसाइ सरिसकेकाछन !

यी त -
त्यस्ता राक्षसी अखडा भैसके -
जहाँ बाट,
हत्या, हिंसा ..
लुट, बलात्कार..
अपहरण..
अशान्ति र
युद्धका भीषण योजना बुनिन्छन !

फेरि -
द्वन्द चर्किन्छन ..
हिंसा फैलिन्छन ..
कैयौं काख रित्तिन्छन ..
कैयौं सिन्दुर पुछिन्छन ..
कैयौंका ईज्जत लुटिन्छन ।
अनी-
असुरक्षा,
अशान्ति र
दर्दनाक भयावहको त्रासादी छाउँछ !

त्यसैले,
यहाँ फेरि
कुनै सपना नबिछ्याउ तिमी !
यी त तिनै चिहानहरु हुन -
जहाँ,
मेरा हजारौं सपनाहरुको
निर्मम र पासविक हत्या भएको थियो ।

हमाल "express "
०७ डिसेम्बर २०११

गजल :

गजल :

by Hamal Thakuri on Saturday, December 10, 2011 at 4:36pm
 
 
स्रिष्टीको आफ्नै विधित्व सम्झाएँ !
उनलाई जिवनको दायित्व सम्झाएँ !

उनले बादलको आयु सोधिन् ,
सागरमा पानीको अस्तित्व सम्झाएँ !

सुन्दर संसारको राज के ? सोधिन् ,
माया बिना दुनियाँ यो रित्तो सम्झाएँ !

आलिसान महलको रहर पोखिन्
मृत्‍यु नै जिवनको स्वामित्व सम्झाएँ !

Hamal express 'युग'
१० डिसेम्बर २०११.

गजल :

by Hamal Thakuri on Saturday, November 26, 2011 at 7:08am
चिसिएर मौसम् आजकल, सिर्सिर्-सिर्सिर मुटु छुने- जाडो बढेको छ प्रिय !
छैनौ तिमी अँगालोमा , फेरि उही बाक्लो लुगा- घाँडो बढेको छ प्रिय !!

तिम्लाई आफ्नो बनाएर, खुशि संगै जीवन् जिउने- रहर ज्युँ को त्युँ छ अझै,
पाकिसक्यो दाह्री-कपाल, यस्तो लाग्छ उमेर मात्र - चाँडो बढेको छ प्रिय !

परदेशी यी आँखाहरु, हेर्न खोज्छन घरि-घरी, बिडम्बना भुगोल कस्तो ?
चुलिएको देख्छु झनै , हाम्लाई छेक्न पहाडको त्यो- डाँडो बढेको छ प्रिय !

नरमाईलो लाग्छ जीवन, क्षितिज वारी-पारी हामी- छुट्टिएर बाँच्नु पर्दा
घोच्छ मुटु चस्स-चस्स, दुख्छ साँच्चै, बिछोडको- काँडो बढेको छ प्रिय !

चिसिएर मौसम् आजकल, सिर्सिर्-सिर्सिर मुटु छुने- जाडो बढेको छ प्रिय !
छैनौ तिमी अँगालोमा , फेरि उही बाक्लो लुगा- घाँडो बढेको छ प्रिय !! ;)

हमाल "express"
२५ नोवेम्बर २०११

उसले भन्यो- मायामा सबै चल्छ ..

उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- मायामा धोका चल्दैन !
इज्जत सँग खेलेर गरिने बद्नामी चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- मायामा विश्वाश घात् चल्दैन,
कसैको जीवन् माथि गरिने खेलवाड चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- मायामा गद्दारी चल्दैन,
आफ्नै भनेर गरिने बेईमानी चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- हो, हो ! सबै कुरा चल्छ,
जब, धोकेबाज सँग कमजोर दिलको केही जोर चल्दैन !!
उसले भन्यो- मायामा सबै चल्छ !
मैले भनें- अब त मायामा माया पनि चल्दैन,
विश्वाश, भरोसा, ईमान्दारी, केही/ अ'हँ; केही चल्दैन !!

-हमाल "express"
३० नोवेम्बर २०११
उन्लाई पनि अब 'दिवानी' बनाउँछु !
मेरो आँखाको प्यारो 'नानी' बनाउँछु !
बर्खा लाग्यो अब त झरी बन्छु-
रुझाउँछु उन्लाई, 'पानी-पानी' बनाउँछु..!!


हमाल express 'युग'
18/03/011

Sunday, April 3, 2011

         जीन्दगी जिउने सवाल मा समयको पदचाप सँगै बग्दै आउँदा पार गरिएका अनेकन आरोह-अवरोह हरु सँगै जीवनका हरेक मोडहरु एउटा अविस्मरणीय अतित बनेर छापिएका हुन्छन ।  भोलीको भविस्यको कुनै भरोसा छैन तर अतित र वर्तमानले छाप्दै गरेको इतिहास घरी-घरी बल्झिंदै गर्दा त्यस भित्र प्रतिबिम्बित सबै उतार-चढावहरु जीवनको चक्र बनेर मानसपटलमा घुमिरहन्छन । जीवनको त्यो कहानी सँग सम्बन्धित पात्र त पक्कै पनि अनविज्ञ हुँदैन, तर अन्य बुझ्न खोज्ने मनहरु पर्दा बाहिर रहन्छन । त्यो संवेग, जसलाई, एउटा तस्बिर ऐनामा उतारे जस्तै छर्लङ पारेर अक्षरमा कोरेर ब्यक्त गर्न सकिदैन पक्कै पनि, तर, केही हद सम्म भए पनि जीवनका ती झंकारहरु सबैले बुझ्न सक्ने गरी सम्झनाको चौघेरामा समेट्ने प्रयास गर्दैछु, यहाँबाट सम्पूर्ण रुपमा नभए पनि धेरै-थोरै मात्रामा जीवन गोरेटाका हरेक पाईलाहरु सँगै उब्जिएका भावनाहरु जान्न उत्सुक मनहरुलाई पढ्ने/बुझ्ने अवसर मिल्नेछ भन्ने आशा राख्दै हार्दिक स्वागत अभिवादन गर्दछु, मेरो जीवनको पुस्तकका यी पानाहरु पल्टाउने हजुरहरु सबैलाई ..!!