गजल :
तड्पिएर सम्झनामा, जीवन कट्न गाह्रो भो रे !
उर्लिन्छ रे मनमा संधै, सावन घट्न गार्हो भो रे !!
भन्थिन पैले - दुनियाँ नै नचाईदिन्छु हत्केलामा,
कठै ! ऐले अन्जुलिमा, आँशु अट्न गार्हो भो रे !
धनले मन किन्छु भन्ने फुर्ती थियो धेरै उन्को ,
हुन्न रै'छ, पैसा संग खुशी सट्न गार्हो भो रे !
आजकल बल्ल भन्दैछिन रे- बाँच्दिन म 'हमाल' बिना,
जिन्दगीको अँध्यारो त्यो रात हट्न गार्हो भो रे !
05 dec. 2012
Seoul, South Korea