Saturday, May 19, 2012


तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !

परी जस्तै उड्छ्यौ तिमि- मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !! ;)
 

Sunday, May 6, 2012


गजल :

तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो !
जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. !!

सँगै थियौं, खुशी फुल्थ्यो, सजिलो 'थ्यो जीवन यात्रा,
एक्ला - एक्लै भयो साथ छुटेपछि आँशु झर्यो !

नफक्रदै ओईली झर्यो, रहर सबै कोपिला मै
नियतिले हाँसो खुशी लुटेपछि आँशु झर्यो !

टुक्रा - टुक्रा पर्दैछु म, आँशु सँगै झर्दै छु म
आफ्नै माया आँफै संग रुटेपछि आँशु झर्यो !

सम्हालेर राखुँ भन्छु, अनायासै दुख्छ मन,
मै माथि नै राहु-केतु जुटेपछि आँशु झर्यो !

तिम्रो मेरो सम्बन्ध त्यो टुटेपछी आँशु झर्यो ..
जिन्दगी नै ऐना सरी फुटेपछि आँशु झर्यो .. .. :((