Saturday, April 15, 2017

गजल

परदेशीको याद जस्ले सुहागमा राख्छ
भरोसा हुलाकि त्यै कागमा राख्छ

नजर लाग्ला दुनियाँको भनेरै होला
जूनले पनि आँफुलाई दागमा राख्छ

खोज्दा रैछन वैंशमा लुटिन आफै क्वै
फूलले पनि जवानी परागमा राख्छ

खुशी हुन त आत्म सन्तुष्टि चाहिन्छ
खुशी हुन्न जो पैसा दिमागमा राख्छ

'हमाल' पनि यस्तो कमाल गर्छ प्रिया
सुख बाँड्छ दु:ख आफ्नो भागमा राख्छ

#आँशु_गजल by -
हमाल express

Thursday, April 13, 2017

गजल:

परदेशीको याद जस्ले सुहागमा राख्छ
भरोसा हुलाकि त्यै कागमा राख्छ

नजर लाग्ला दुनियाँको भनेरै होला
जूनले पनि आँफुलाई दागमा राख्छ

खोज्दा रैछन वैंशमा लुटिन आफै क्वै
फूलले पनि जवानी परागमा राख्छ

खुशी हुन त आत्म सन्तुष्टि चाहिन्छ
खुशी हुन्न जो पैसा दिमागमा राख्छ


- हमाल "express"

Sunday, February 23, 2014

गजल:

जूनमा छौ की फूलमा छौ या- बहारमा पो छौ की तिमी !
यस्तो लाग्छ मेरै मनको संघारमा पो छौ की तिमी !!

हिंड्दा तिमी सरगम बज्ला, मुस्कुराउदा फूल फूल्ला
कल्पनाको यस्तै कुनै संसारमा पो छौ की तिमी !!

कैले तिम्लाई सुनमा खोज्छु, कैले गीतको धूनमा खोज्छु
खोला नाला सुसेलिको झन्कारमा पो छौ की तिमी !!

डुबेको छु सागर भित्र तिमीलाई खोज्दा खोज्दै
भेटाउदिन कतै पनि किनारमा पो छौ की तिमी !!

सुनेको छु मायाको नी खरिद बिक्रि चल्छ भन्ने
झुक्किएर जालमा परि बजारमा पो छौ की तिमी !!

कैहिले काँही त आफ्नो छाँया आफ्नै साथ हुन्न भन्छन्
डर लाग्छ पराईको निधारमा पो छौ की तिमी !!

Hamal "express"
23 February '014. SK.

Monday, October 14, 2013

गजल :

निधारमा सप्तरंगी नलाएकै राम्रो बरु
परदेशीलाई दशैं-तिहार नआएकै राम्रो बरु !

यसपाली नी' अधुरो भो घर जाने मन्को रहर्
पाउनु भन्दा यस्तो जीवन् नपाएकै राम्रो बरु !

भन्थें- प्रिय ! बेहुली झैं सजाउने छु अर्को दशैं
यस्ता रहर् मनभरी नछाएकै राम्रो बरु !

जीवन् धान्यौं सधैभरी गुन्द्रुक र ढिंडो खाई
रिन् काढेर खसी काटी नखाएकै राम्रो बरु !

निराश होलान् दीदी-बैनी आमा उस्तै रुँदै होलिन
यस्तो बेला देउसी-भैलो नगाएकै राम्रो बरु !

जन तन चलेकै'थ्यो स्वदेशमै साँझ-बिहान,
सम्झिएर रुन परदेश नधाएकै राम्रो बरु !

निधारमा सप्तरंगी नलाएकै राम्रो बरु
परदेशीलाई दशैं-तिहार नआएकै राम्रो बरु !

हमाल "express"
सम्झनाको आँखीझ्याल बाट चियाउँदै परदेश बाट  ..



http://www.youtube.com/watch?v=rNC2pdJZVMo

Wednesday, December 12, 2012


गजल :



तड्पिएर सम्झनामा, जीवन कट्न गाह्रो भो रे !
उर्लिन्छ रे मनमा संधै, सावन घट्न गार्हो भो रे !!

भन्थिन पैले - दुनियाँ नै नचाईदिन्छु हत्केलामा, 
कठै ! ऐले अन्जुलिमा, आँशु अट्न गार्हो भो रे !

धनले मन किन्छु भन्ने फुर्ती थियो धेरै उन्को ,
हुन्न रै'छ,  पैसा संग खुशी सट्न गार्हो भो रे !

आजकल बल्ल भन्दैछिन रे- बाँच्दिन म 'हमाल' बिना, 
जिन्दगीको अँध्यारो त्यो रात हट्न गार्हो भो रे !  


05 dec. 2012 
Seoul, South Korea

Monday, September 17, 2012

किन मुटु दु:ख्छ भन्थें, तीजको दर पो दुख्या रै'छ !
चेलीहरू संगै बस्ने मनको रहर पो दुख्या रै'छ ! 
जीवन पाल्ने धुनमा आज, परदेशी भो कान्छो भाई,
दिदी- बहिनी आउँदा रित्तो - मेरै घर पो दुख्या रै'छ !! :( :( :(

whatever else, wanna wish a very very "ह्याप्पी तीज" to all Nepalese Sisters & Brothers .. :)

Thursday, September 13, 2012



"घरकी आमालाई रुवाएर,
मन्दिरकी आमालाई फूल चढाउनेहरु हो !
याद राख !
तिम्रो भक्तिले-
मन्दिरकी आमा खुशी होलिन- नहोलिन,
तर,
घरकी आमाको आँशुले तिम्रो सबै खुशी बगाउने छ !"

- Hamal "express"
Photo: "घरकी आमालाई रुवाएर,
मन्दिरकी आमालाई फूल चढाउनेहरु हो !
याद राख !
तिम्रो भक्तिले-
मन्दिरकी आमा खुशी होलिन- नहोलिन,
तर, 
घरकी आमाको आँशुले तिम्रो सबै खुशी बगाउने छ !"

- Hamal "express"

Sunday, July 15, 2012

गजल :



तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !!

परी जस्तै उड्छ्यौ तिमि  मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !!

खुलेकी छ्यौ  बिहानीको गुलाव झैं आहा ! 
सुहाउँदैन सोंच !  सिउँदो खाली  कस्तो होला ?

बेहुली भै सिंगारिंदै डोली चढ्दा तिमी 
नौमतीमा  झुम्दै बज्ने ताली कस्तो होला !

जून पनि अड्थ्यो टक्क, तिमि आउने साँझ
मेरो घरमा तिमि आउने पाली  कस्तो होला !!



-HML.

१५ जुलाई २०१२ .